विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग, रविन्द्र मिश्रसँग सम्बन्धविच्छेद
२४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भङ्गगर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।
विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौं । तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भङ्ग भएको घोषणा गर्दछु, भट्टको विज्ञप्तिमा भनिएको छ ।
उनले पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न समेत मिश्रलाई सचेत गराएका छन् । पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने काम रवीन्द्र मिश्रबाट भएको आरोप लगाउँदै समितिले विरोध गरेको छ ।
विवेकशील पार्टीमा पछिल्लो समय वैचारिक मतभिन्नता आउँदा चर्को अन्तरविरोध रहेको छ। मिश्रको संघीयता र गणतन्त्र विरोधी डकुमेन्ट पास भएपनि मिलन पाण्डे समूहले विरोध गर्दै आएको थियो । यही विवादका बीच मिश्र समूहले पाण्डेलाई निष्काशनको घोषणा गरेको थियो । हाल मिश्रले राप्रपासँग एकीकरण वार्ता थालेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply