मधेस प्रदेशमा आज सार्वजनिक बिदा
४ माघ, जनकपुरधाम । मधेस प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।
सोमबार बसेको प्रदेश सभा बैठकले मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक सय चार सांसद भए पनि मतदान प्रक्रियामा ९९ सांसद सहभागी भएका थिए । एकीकृत समाजवादीका गोविन्द न्यौपाने, कांग्रेसकी शोभा लामा, एमालेकी अनिता यादव र जसपाकी डा. रिना यादव मतदानमा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मधेस नाममा सत्तारूढ दल जनता समाजवादी, माओवादी, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीका सांसदले मतदान गरे । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्ने भए पनि प्रस्तावको पक्षमा ८० मत परेको थियो । मतदानपछि सभामुख सरोजकुमार रायले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नाम मधेस प्रदेश घोषणा गरेका थिए ।
कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेस, एकीकृत समाजवादी र एमालेले गरेको जानकी प्रदेश तथा कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले गरेको मध्यमधेस नाम राख्ने प्रस्ताव दुईतिहाइ बहुमत हासिल गर्न नसक्दा खारेज भएको सभामुख रायले जानकारी दिए ।
त्यसैगरी, जनकपुरधाम स्थायी राजधानी तय हुँदा वीरगन्ज महानगरपालिका र वीरगन्ज महानगरपालिकासहित पोखरियादेखि बाराको निजगढसम्मलाई राजधानी बनाउने अरू दुई प्रस्ताव पनि खारेज भए ।
प्रदेशको स्थायी राजधानी जनकपुरधाम हुने राजनीतिक दलहरूको संयुक्त प्रस्ताव बनेको थियो । प्रदेशको नामकरणमा जसपा, लोसपा र माओवादी एक ठाउँ आए पनि कांग्रेस तथा एकीकृत समाजवादी र एमाले अलग–अलग प्रस्तावमा थिए । सभामा सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहले मधेस प्रदेशको प्रस्ताव गरेका थिए भने परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदा देवी र भरतप्रसाद साहले जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा)लाई स्थायी राजधानी तोक्ने प्रस्ताव पेस गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply