विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित
५ माघ, काठमाडौं । विशेष अदालतले कोरोना सङ्क्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको काम कारबाही मात्रै गर्नेछ ।
अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित सङ्ख्यामा छन् । आरोप पत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।
विशेष अदालतले आरोप पत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ । विशेष अदालतले थुनुवा बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।
हाजिर हुन आउने निवेदन पनि नलिने भन्दै अदालतको सूचनामा भनिएको छ, यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply