शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द
७ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड हुने क्षेत्र भन्दै यसलाई बन्द गर्न भनिएको थियो ।
पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखेले यसैपनि संग्रहालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि संग्रहालयको सेवा प्रभावित भएको बताए । बिहीबारको प्रशासनको आदेशले संग्रहालय पनि बन्द गर्न भनेपछि अर्को सूचना जारी नभएसम्मको लागि शनिबारदेखि संग्रहालय बन्द गरिएको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply