रुस-युक्रेन तनाव : अमेरिकी सैनिक तयारी अवस्थामा
११ माघ, काठमाडौं । रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाईअलर्ट राखेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले यसमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।
किर्बीले भने, अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अमेरिकी सैनिक तैनाथ गर्ने कुरा नेटोको फैसलामा हुनेछ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि हमला गरे गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसी सेनाले आयरल्याण्डको तटबाट मात्र १५० माइल टाढा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि जोन्सनको यस्तो बयान आएको हो । रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा गरेको थियो ।
यता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन र रुसबीचको तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न आग्रह गरेका छन् । उनले युद्धको साटो छलफलबाट समस्या समाधान गर्न अपिल गरेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply