प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री?

२३ माघ, काठमाडौं । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धनमा सहभागी दललाई भागबण्डा मिलाएर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
मुख्यमन्त्री राईले नियुक्त गर्ने मन्त्रीहरुले आज बिहान ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री राईले सात मन्त्रालय रहेको प्रदेश १ मा गठबन्धनका दलहरुलाई भागबण्डा मिलाउनकै लागि मन्त्रालय फुटाएर १३ बनाएका छन्।
प्रदेश १ सरकारमा कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा (माओवादी केन्द्र) बाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्री हुने समझदारी दलहरुबीच भएको छ।
कांग्रेसबाट आज थप ३ जना मन्त्री हुने स्रोतले जनाएको छ। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।
एकीकृत समाजवादीबाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री बन्ने सम्भावना छ।
नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री बन्ने सम्भावना छ।
एमाले नेता भीम आचार्यलाई हटाएर गएको कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेस, माओवादी र जसपाका ४९ जना सांसदको समर्थन छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply