४ चैत्र २०७८, शुक्रबार ०६:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे
४ चैत, काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल मरेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मरेका हुन् ।
न्यूजिल्याण्डका वन्यजन्तु अधिकारीले दक्षिण टापुको फेयरवेल स्पिटको तीन किलोमिटर क्षेत्रमा पहिलो पटक मरेका ह्वेल फेला पारेका थिए ।
त्यही ठाउँमा फसेका केही ह्वेललाई उद्धारकर्ताहरूले पुनः समुद्रमा नै पठाएका थिए । अधिकारीहरूले ह्वेल मर्नु दुर्भाग्यपूर्ण भए पनि यसरी ह्वेल पानी बाहिर आउने र समुद्र किनारमा मर्ने घटना प्राकृतिक रहेको बताएका छन् ।
सन् २०१७ को फेब्रुअरीमा करिब ७०० ह्वेल समुद्री किनारमा आएका थिए, तीमध्ये २५० वटाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply