मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी
३१ वैशाख, काठमाडौं । नेकपा एमालेले अर्को स्थानीय तह पनि जितेको छ। पछिल्लो मतपरिणाम अनुसार मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको हो।
एमालेबाट पालिका अध्यक्षका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए।
उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेसका उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।
यसअघि मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्।
६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भइन्।
०७४ को निर्वाचनमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए।
उपाध्यक्ष पद कांग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुबैले आफ्नो सिट सुरक्षित गरेका छन्।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply