मनाङका सबै स्थानीय तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसले २-२ तह जिते
३१ वैशाख, काठमाडौं । चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले दुई-दुई गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका छन् ।
एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् ।
चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक-एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भए ।
यस्तै मनाङ ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply