६८५ पालिकाको मत परिणाम : कांग्रेस ३०४, एमाले १८६ र माओवादी केन्द्र ११७ वटामा विजयी
७ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । अहिलेसम्म ६८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २३९ नगरपालिका र ४४६ गाउँपालिका गरी ६८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १२० र अध्यक्षमा १८४ गरी ३०४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १८७ गरी २७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १२० गरी १८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १२१ गरी २०९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी ११७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १२३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply