९ जेष्ठ २०७९, सोमबार ०३:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन र उपमेयरमा एमालेकी सुनिताको अग्रता
९ जेठ, काठमाडौं । काठमाडौंको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मतसहित अग्रता कायम गरेका छन् ।
महानगरको एक लाख २८ हजार ४८५ मत गन्दा बालेन साहले ४३ हजार ८५० मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९४४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् ।
यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २२१ मत पाएकी छन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८१० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४११ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहेकी छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply