परराष्ट्रमा अञ्जानको चर्चा
काठमाडौं । गत साता परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्यमी–व्यवसायीसँग आयोजना गरेको अन्तक्र्रियामा एक जना महिला अघिल्लो पंक्तिमा देखा परिन् । उनी न उद्यमी थिइन् न त परराष्ट्रकी कुनै अधिकारी । तर, मन्त्री पाण्डेले नै महत्व दिएर ड्यासमा बसाएपछि अरूलाई प्रोटोकल सिकाउने परराष्ट्रका कर्मचारी अक्क न बक्क पर्ने नै भए ।
ती थिइन्, अञ्जान शाक्य, जो परराष्ट्रमन्त्री पाण्डेको सल्लाहकार वा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक बन्ने दौडमा छन् । एमाले नेता केपी ओलीलाई भिनाजु भन्ने शाक्यलाई नियुक्त गर्न मन्त्री पाण्डेलाई दबाब नआउने कुरा भएन । ओली परराष्ट्रमन्त्री भएका बेला शाक्य परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक बनेकी थिइन् । अञ्जानले ‘जहाँ छन् बुद्धका आँखा’ भन्दै मीठो स्वरमा गीत गाएकी छन् ।
उता, राजदूत नियुक्तिका लागि भने अझै केही समय लाग्ने भएको छ । परराष्ट्रमन्त्री पाण्डेले अझै लगन जुरी नसकेको बताउनुभयो । मन्त्री हुनासाथ एक महिनाभित्र राजदूत नियुक्त गर्ने आफ्नो योजना रहेको कुरा सार्वजनिक गर्नुभएका पाण्डेले दुई महिना बित्दा पनि मापदण्ड नै तय गर्नुभएको छैन । ‘सबै कुरा मिल्दैछ, छिटै होला’– उहाँले बुधबारसँग भन्नुभयो– ‘मेरो तहबाट हुने काम बाँकी छैन, दलहरूका बीचमा सहमति हुनुपर्छ । त्यसका लागि कोसिस गरिरहेको छु ।’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply