२९ जेष्ठ २०७९, आईतवार १०:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भक्तपुरमा एक व्यक्तिको शव फेला, हत्या आशंकामा चार जना पक्राउ
२९ जेठ, भक्रपुर । भक्तपुरको मध्यपुर थिमी नगरपलिका-८ बोडेमा एक ५१ वर्षीय पुरुष मृत्त फेला परेका छन् । थिमी नगरपालिका-८ मा बस्दै आएका कल्याण साहुको हत्या भएको आशंकामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।
आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल अगाडि कल्याणको शव भेटिएको थियो । घटनास्थलमा फेला परेको काठको फर्मामा रगत देखिएको डिएसपी पाण्डेले बताए । काठको फर्माले हिर्काएर साहुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply