राजनीतिक आन्दोलनमा हिंसा रोजाइको औचित्य पुष्टि हुँदैन : ओली
७ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनमा हिंसाको रोजाइको औचित्य पुष्टि नहुने बताएका छन् ।
आज काठमाडौंमा पूर्व राजदूतहरूको समूहले नेपालको परराष्ट्र मामिलाबारे गरेको अन्तरक्रियामा ओलीले कानुनी र शान्तिपूणर् रूपमा नै आन्दोलनलाई अगाडि बढाउन सक्ने बाटो हुँदाहुँदै हिंसा रोज्नु गलत भएको बताएका हुन् ।
राणा शासन र निरंकुश राजतन्त्रविरुद्ध गरिएका आन्दोलनमा हिंसा जायज भए पनि त्यसपछि भएका आन्दोलनमा भएका हिंसाको औचित्य पुष्टि नभएको ओलीले बताएका छन् । विशेष गरी १० वर्षे माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमाथि प्रश्न उठाउँदै ओलीले भने, राणा शासनका विरुद्ध र निरंकुश राजतन्त्र र पञ्चायती शासनविरुद्ध फोर्सफुल्ली ब्यारियर खडा गरिएकाले शान्तिपूणर् र संवैधानिक तवरले आन्दोलन सम्भव थिएन । त्यसपछि भएका हिंसात्मक आन्दोलनको भने औचित्य न्यायोचित रूपमा पुष्टि हुन नसकेको उनले बताए ।
माओवादी युद्धप्रति इशारा गर्दै ओलीले भने, त्यो हिंसा गणतन्त्रका लागि थियो भने गणतन्त्र आउनुपूर्व नै २०६३ मा टुंगियो, गणतन्त्रका लागि थियो भन्ने हो भने कसैले पनि यो मितिमा गणतन्त्र दिन्छु त भनेको थिएन । त्यसैले त्यो कसका लागि थियो । कोबाट प्रेरित थियो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply