गम्भीर संकटमा एकीकृत समाजवादी, १० सांसदले बुझाए नेपाललाई पत्र
१० असार, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीभित्र गम्भीर विभाजन देखिएको छ।
मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयले एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको थियो।
त्यस मतभेदले पार्टीमा गम्भीर समस्या भएको छ।
स्वास्थ्य मन्त्री तथा नेता विरोध खतिवडाले १० जना सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको बताए।
हामी ४ जना मन्त्रीसहित समानुपातिक सांसदहरु मिलेर १० जनाले पार्टी अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ, ८ बुँदामा रहेको ध्यानाकर्षणमा हामीले पार्टीले गरेको कच्चा निर्णयको विरोध गरेका छौँ,मन्त्री खतिवडाले भने
खतिवडासहित, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।
हाल संघीय संसदमा एकीकृत समाजवादीका २३ जना सांसद छन्।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply