घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट
१० असार, दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ ।
गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।
शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरिन्।
उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।
त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले बताइन । डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ ।
यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ ।
प्राथमिकतामा शिक्षा
उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राखदै बजेट ल्याएको छ ।
शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ ।
त्यस्तै घोराहीलाइ सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापन तर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ ।
त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply