टेक्सासमा लरीभित्र भेटियो ४२ जनाको शव
अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोनजिकै एक लरीमा ४२ जनाको शव फेला परेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त शव आप्रवासीहरुको भएको हुन सक्ने अनुमान छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १६ जना मानिसलाई अस्पतालमा भर्ना गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा ठूलो लरीको आसपासमा उद्धारकर्ताको भिड देख्न सकिन्छ। न्युयोर्क टाइम्सका अनुसार अहिले प्रहरीले लरीका चालकको खोजी तीव्र पारेको छ।
सान एन्टोनियोस्थित रेल ट्र्याकनजिकै रोकिएको उक्त लरीमा चालक भने थिएनन्।
सान एन्टोनियो अमेरिका–मेक्सिको सीमाभन्दा करिब २५० किलोमिटर टाढा पर्छ।
टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सीमा नीतिको कारण यी आप्रवासीको मृत्यु भएको भन्दै यसको जिम्मेवार राष्ट्रपति जो बाइडेन रहेको बताएका छन्।
अहिलेसम्म लरीमा रहेका मानिसहरुको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply