विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै

२७ असार, काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ ।तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।
यूएईको २२ खेलबाट २६ र अमेरिकाको २४ खेलबाट २३ अंक छ। पुछारमा रहेको पीएनजीको २० खेलबाट २ अंक छ । तालिकाको शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।
विश्वकप लिग-२ मा नेपालले नामिबियासँग पहिलोपटक खेल्न लागेको हो।जारी शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियाले आइतबार स्कटल्यान्डसँग ७७ रनको हार ब्यहोरेको थियो। २ सय ५९ रनको लक्ष्य पछ्याएको नामिबिया एक सय ८१ रनमा समेटिएको थियो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply