पूर्वमन्त्री हेमराज राईसहित जसपाका ७ जना केन्द्रीय सदस्य एमाले प्रवेश गर्दै
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)माप्रवेश गर्ने निर्णायमा पुग्नु भएको छ ।
पूर्वका चर्चित नेता राईसहित जसपाका ७ जना केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्नलाग्नुभएको हो ।
नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा–पत्र बुझाइसक्नु भएको छ । राईसँगै जसपाका केन्द्रीय सदस्य तथापूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई र सुनिल राईलगायत एमाले प्रेवश गर्नलाग्नुभएको हो ।
भोजपुर निवासी हेमराज राई पूर्वएमाले नेता हो । पूर्व क्षेत्रमा नेकपा (एमाले)को संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका राईलेतत्कालिन एमाले उपाध्यक्ष अशोक राईसँग एमाले परित्याग गर्नुभएको थियो ।
डा.बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता हुँदा राई उपाध्यक्षको भुमिकामा रहनुभएकोथियो ।
हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply