काठमाडौं आइपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु
१२ साउन, काठमाडौँ । अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । तीन सदस्यीय टोलीसहित नेपाल आइपुगेका लुलाई अमेरिकी दूतावासका उपप्रमुख मानुयल पी. मिक्लरले विमानस्थलमा स्वागत गरेका छन् ।
नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कायक्रम छ । नेपालस्थित अमेरिकी दूतावाले मन्त्री लु अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्नेछन् ।
नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले सो अवार्ड पाउँदैछ । मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ । दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ । दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला उनको भ्रमणलाई अर्थपूणर् रूपमा लिइएको छ । यसअघि गत १ मंसिरमा नेपाल आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply