अहिलेको संसद भङ्ग गर्नुपर्छ : विष्णु पौडेल
१३ साउन, सिन्धुली । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इशारा र निर्देशनमा आएको उनको आरोप छ ।
प्रेस चौतारी सिन्धुलीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले देशलाई समृद्ध र सही दिशातर्फ लैजान अहिलेको संसद् भंग गर्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै उनले तत्काल निर्वाचनमा जानुपर्ने बताए ।
गठबन्धन सरकारले संसदबाट पारित नागरिकता विधेयक विदेशीको इसारामा ल्याएको आरोप लगाउँदै यो सरकार विदेशीको कठपुतली हो भन्ने प्रमाणित भएको जिकिर गरे । तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद् विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारले नै पुष्टि गरेको उनको दाबी छ ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको बताए । बजेट वक्तव्यमा देखिएको तमासाले आमनागरिकमा सरकारको गोपनीयता र विश्वास दुवै गुमेको बताउँदै उनले तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको आरोप लगाए ।
विदेशीको इसारामा चलेको सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको उनको भनाइ छ । तत्काल संसद् भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गतिको बाटोमा जाने दोहोर्याउँदै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भए एमालेले बहुमत ल्याउने ठोकुवा गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply