सप्तकोशी बस्ती पसेपछि,प्रभावितले सुरक्षित स्थान खोज्न गाउँ छोड्दै
१८ साउन, सुनसरी । सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् ।
बाढी बस्तीमा पस्न थालेपछि उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा जान थालेका हुन् ।
आज बिहान ४ बजेदेखि नदीले कटान गर्न थालेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । उदयपुर परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृह जिल्ला पनि हो । गृहमन्त्री खाणले सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री खड्कासँग पनि छलफल गरेका छन् ।
कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ ।
अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक ठाउँ र आफन्तकोमा पठाउने काम भइरहेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको विपद् व्यवस्थापन टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
नगरपालिकाले दुई दिनयता ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना प्रवाह गरेको पनि मेयर अशोक कार्कीले बताए । अहिलेको अवस्थामा नदीले धारै परिर्वतन गरेमा छिमेकी सप्तरी जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने अनुमान छ ।
सप्तकोशी नदी ७० वर्षपछि पुरानै धारमा फर्किएको हो । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट नदी पुरानै धारमा फर्किंदा उदयपुर, सप्तरी र सुनसरीका पाँच वटा पालिका जोखिममा परेका छन् ।
नदीले बेलका नगरपालिका वडा नम्बर ८, डुम्रीबोटेबाट धार परिवर्तन गर्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २३ सय घरपरिवार संकटमा परेका हुन् । सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बर १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन हुने अवस्थामा पुगेका छन् । सप्तकोशी नदीका पश्चिम सोझिँदा सुनसरी र उदयपुरका ३० हजार बढी जोखिममा पर्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply