मोदीलाई निम्ता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथ ग्रहणमा भाग लिन दिल्ली पुग्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले उहाँलाई नेपाल भ्रमणका लागि निम्ता गर्नुभएको छ । जवाफमा मोदीले कूटनीतिक संयन्त्रबाट समय मिलाएर नेपाल भ्रमण गर्ने बचन दिनुभएको छ ।
नेपालका नेताहरू प्रधानमन्त्री हुँदा सुरुमै भारत जाने गरे पनि विगतमा १० वर्षसम्म प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालमा पाइला टेक्नुभएन । यही कुरालाई आधार बनाएर प्रधानमन्त्री कोइरालाले मोदीलाई पहिलो विदेश भ्रमण नेपालबाट गर्न विशेष अनुरोध गरेको थाहा भएको छ । स्रोतका अनुसार, हिन्दू धर्मप्रति आस्थावान मोदी पशुपतिनाथको दर्शनसमेत हुने भएकाले नेपाल भ्रमणमा छिट्टै आउन सक्ने सम्भावना छ ।
सोमबार साँझ भारतको राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहणमा सार्कका बाँकी सातमध्ये छ राष्ट्रका राष्ट्र वा सरकार प्रमुखले भाग लिएका थिए । त्यसमा भाग लिन कोइराला आइतबार त्यसतर्फ लाग्नुभएको थियो । भारतमा उहाँले निवर्तमान प्रधानमन्त्री डा. सिंहका साथै भाजपा अध्यक्ष राजनाथ सिंह, कांग्रेसका अध्यक्ष सोनिया गान्धीलगायतसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
सरकारी तवरबाट मुलुकको प्रतिनिधित्व गरेर भारत जानुभएका कोइरालाले भतिजा शेखर र भतिजी सुजातालाई पनि साथमा लिएर लबिङ गर्न लगाउनुलाई भने स्वाभाविक मानिएको छैन । एक मन्त्रीले बुधबारसँग भने– ‘उहाँको प्रतिनिधिमण्डल हेर्दा संयुक्त सरकारको जस्तो नभएर कांग्रेस पार्टीको जस्तो मात्रै भयो ।’ स्मरण रहोस्, प्रतिनिधिमण्डलमा सरकारमा सहभागी दल एमालेका तर्फबाट कोही पनि समावेश थिएनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply