निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल
३१ असोज, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई कसरी थप मानव अधिकारमैत्री बनाउन सकिन्छ भन्ने सन्दर्भमा सोमबार निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
निर्वाचन आयोगमा भएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले आसन्न निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने सम्बन्धमा गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।
यस्तै निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र मानव अधिकारमैत्री बनाउन निर्वाचन अचारसंहिता, शान्ति सुरक्षा, निर्वाचनको अनुगमन तथा पर्यवेक्षण, मतदाता शिक्षा, मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, असक्त, गर्भवतीलगायतका मतदाताको पहुँच, अनुगमनकर्ताको अनुगमनमा सहज पहँुच, अनुगमनमा मानव अधिकारसम्बन्धी अन्य संवैधानिक आयोगहरूको भूमिकाको पहिचान, पत्रकार र आमसञ्चारको भूमिका र दुई आयोग बिचको सहकार्य समन्वयलगायतका विषयमा निर्वाचन आयोगको ध्यान जानुपर्ने उनले बताए ।
सो क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आयोगलाई दिएका सुझाव सिफारिसहरूको कार्यान्वयन गरेको बताउँदै आगामी निर्वाचनमा विगतका कमीकमजोरी नदोहोरियून भन्नेमा निर्वाचन आयोग सचेत रहेको बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply