निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल

३१ असोज, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई कसरी थप मानव अधिकारमैत्री बनाउन सकिन्छ भन्ने सन्दर्भमा सोमबार निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
निर्वाचन आयोगमा भएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले आसन्न निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने सम्बन्धमा गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।
यस्तै निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र मानव अधिकारमैत्री बनाउन निर्वाचन अचारसंहिता, शान्ति सुरक्षा, निर्वाचनको अनुगमन तथा पर्यवेक्षण, मतदाता शिक्षा, मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, असक्त, गर्भवतीलगायतका मतदाताको पहुँच, अनुगमनकर्ताको अनुगमनमा सहज पहँुच, अनुगमनमा मानव अधिकारसम्बन्धी अन्य संवैधानिक आयोगहरूको भूमिकाको पहिचान, पत्रकार र आमसञ्चारको भूमिका र दुई आयोग बिचको सहकार्य समन्वयलगायतका विषयमा निर्वाचन आयोगको ध्यान जानुपर्ने उनले बताए ।
सो क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आयोगलाई दिएका सुझाव सिफारिसहरूको कार्यान्वयन गरेको बताउँदै आगामी निर्वाचनमा विगतका कमीकमजोरी नदोहोरियून भन्नेमा निर्वाचन आयोग सचेत रहेको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply