राष्ट्रपतिको प्रशंसा गर्दै ओलीले भने : विदेशीलाई नागरिकता दिने प्रयास असफल बनायौं
१ मंसिर,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् ।
गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताए ।
उनले भने, प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।
बिकाउ माल सरकारमा पुगेर गतल काम गरेपछि राष्ट्रपतिले रोकेर सही गरेको जिकिर गरे । उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।
उनले भने, गठबन्धन सधैं मिलेर खाइराख्ने रे । एमालेलाई ढाल्ने हिम्मत नभएपछि गठबन्धन बनाए । जनताबाट ढाल्न सकेनन् अदालतमा गएर जालझेल गरे । हामीले बहुमत पाउन सकेका छैनौँ । माओवादीलाई गम लगाएर एमालेमा टाँस्यौँ । प्रचण्ड पकलक्क उक्किए । तर, धेरै माओवादी नेताहरु एमालेमै रहे ।
उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राष्ट्रिय जनामोर्चा र लोसपा आगामी निर्वाचनबाट सकिने दाबी गरे ।
उनले भने, ‘गठबन्धन भनेको प्रचण्ड र शेरबहादुर देउवाको मितेर साइनो मात्रै हो । कांग्रेस र कम्युनिष्ट नाम भएपछि दुवै एकै हुन् ।
प्रचण्डलाई अध्यक्ष बनाएरसँगै राखेपनि मुसालाई ऋषिले आर्शीवाद दिएजस्तो मात्रै भएको टिप्पणी गरे । उनले विस्तारै सकिने बाटोमा लाग्ने भएकाले डराइराख्नुपर्ने अवस्था नरहेको बताए ।
उनले जुम्लामा कांग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्र साहीलाई हाल्ने दाबी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply