प्रदेश १ का २४ क्षेत्रमा गणना जारी हुँदा एमाले अगाडि
६ मंसिर, विराटनगर । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये २४ वटामा गणना जारी छ । अहिलेसम्म सार्वजनिक परिणामअनुसार १० क्षेत्रमा एमालेले अग्रता लिएको छ ।
नेपाली कांग्रेसले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दा माओवादीले भने ३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीले २/२ ठाउँमा अग्रता कायम राखेका छन् । एमालेका बागी उम्मेदवारले पनि एक स्थानमा अग्रता कायम गरेका छन् ।
एमालेले झापा २, ४ र ५, मोरङको १ र २, इलामका दुवै क्षेत्रमा अग्रता कायम गरेको छ । यस्तै पाँचथर, धनकुटा, र उदयपुर २ मा पनि सुरूवाती अग्रता छ ।
कांग्रेसले मोरङ ३ र ६, सुनसरी ४, झापा १, उदयपुर १ र ओखलढुंगामा सुरूवाती अग्रता लिएको छ ।
मोरङ ४, भोजपुर र खोटाङमा माओवादी अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीको २ र ३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने राप्रपा झापा ३ र सुनसरी १ मा अग्रस्थानमा छ ।
एमालेबाट टिकट नपाएपछि बागी उठेका योगेन्द्र मण्डलले मोरङ ५ मा अग्रता कायमै राखेका छन् ।
संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र सोलुखुम्बुमा मतगणना सुरू भएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply