प्रदेशसभामा पनि ललितपुरबाटै एमालेले खोल्यो खाता, रामेश्वर श्रेष्ठ निर्वाचित
६मंसिर, ललितपुर । वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (क) मा एमाले नेता रामेश्वर श्रेष्ठ विजयी हुँदै प्रदेशसभामा खाता खोल्नुभएको हो ।
श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४ सय ४८ मतले हराउँदै निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८ हजार २९८ मत पाएर बिजयी बन्दा राप्रपाका केसीले ६८५० पाउनु भयो भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठले ५ हजार ९७३ पाउनु भएको छ ।
२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक प्रदेशसभामा बिजयी हुनुभएको हो । २०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी( ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिनुभएको थियो ।
अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यको भूमिकामा रहनुभएको थियो । उहाँ नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य हुँदै हाल एमाले केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply