बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्दै

२५ पुस,काठमाडौं । बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तको सम्भावना छ । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।
वागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।
वागमतीमा नेकपा (माओवाादी केन्द्र) का प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र गण्डकीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबण्डा गरिँदा वाग्मती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।
सोहीअनुसार वागमतीको मुख्यमन्त्रीका लागि गठबन्धन दलका सांसदको समर्थनमा जम्कट्टेलले दाबी पेस गर्दैछन् । गण्डकीको मुख्यमन्त्रीका लागि अधिकारीले दाबी पेस गर्नेछन् । उनीहरूले बहुमत पुर्याएर दाबी पेस गरेमा प्रदेश प्रमुखले आजै मुख्यमन्त्री पदमा नियुक्त गर्न सक्ने छन् । हिजो (आइतबार) मात्र प्रदेश नम्बर–१ मा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । आज उनले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply