आईजी हटाउन दिल्लीमा गुहार !
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई हटाउन चलखेल तीव्र भएको छ । सुन्दै पनि उदेक लाग्ने कुरा, देशभित्र त छ“दैछ, उनलाई हटाउन छिमेकी भारतका राष्ट्रपतिलाई गुहारिएको कागजपत्र बुधबारले फेला परेको छ ।
प्राप्त कागज अनुसार, संविधानसभा निर्वाचनअगाडि नै भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष वन्तलाई हटाउनका लागि निवेदन दिइएको थियो । तर, निर्वाचनका कारण यो अभियान सुस्ताएको थियो । अहिले निर्वाचन सम्पन्न भएर नेपाली कांग्रेसको नेतृत्वमा नया“ सरकार गठन भएलगत्तै फेरि वन्तलाई हटाउन त्यही समूह सक्रिय भएर लागेको छ ।
नोभेम्बर २५ अर्थात् गत असोज ९ गते काठमाडौं महानगरपालिका वडा नं ३३ मैतीदेवीका प्रदीप श्रेष्ठको नाममा भारतीय राष्ट्रपति मुखर्जीलाई सम्बोधन गरी लेखिएको पत्रको बोधार्थ भारतीय प्रधानमन्त्री मनमोहन सिंह, भारतीय गृहमन्त्री सुशीलकुमार सिन्दे, भारतीय गृह राज्यमन्त्री, नेपालका राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे, नेपालका लागि भारतीय राजदूत, भारतीय गृहसचिव, भारतकै परराष्ट्रमन्त्री र सचिव, भारतस्थित नेपाली दूतावास र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई दिइएको छ ।
उक्त पत्र भारतको प्रधानमन्त्री कार्यालयमा नोभेम्बर २७ अर्थात् असोज ११ गते दर्ता भएको छ भने सोही दिन नया“ दिल्लीस्थित नेपाली दूताबासमा पनि दर्ता भएको छ । भारतस्थित नेपाली दूतावासका काउन्सिलरले भने सो पत्र नोभेम्बर ३० अर्थात् असोज १४ गते बुझिलिएको हस्ताक्षर गरेका छन् ।
उक्त पत्रमा महानिरीक्षक वन्त ‘भारतीय जाली नोट कारोबारमा
संलग्न रहेको’ आरोप लगाइएको छ । ‘करिब २ वर्षअघि माओवादीको सहयोगमा सशस्त्र प्रहरीको महानिरीक्षक बनेका वन्त ५०० र १००० का भारतीय जाली नोटको अवैध कारोबारमा संलग्न व्यक्ति हुन्’– भाषा र हिज्जे केही पनि नमिलेको उक्त पत्रमा भनिएको छ । वन्तले चीनबाट चीनकै सीमाक्षेत्र तथा पाकिस्तानबाट पाकिस्तान एयरलाइन्समार्फत आफ्ना सहयोगी प्रयोग गरेर ‘हतियारको अवैध कारोबार गर्ने गरेको’ पनि पत्रमा उल्लेख छ । ‘शक्तिको दुरुपयोग गरेर भारतको अहितमा यस्ता गतिविधि गर्दा पनि नेपाल सरकार, नेपाल सरकारका उच्च अधिकारी र अख्तियारप्राप्त निकायले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकेको’ भन्दै उनलाई हटाउन ‘आवश्यक कदम चाल्न’ राष्ट्रपति मुखर्जीस“ग आग्रह गरिएको छ । रमाइलो कुरा, वन्तलाई हटाएर उक्त स्थानमा उनका लामो समयदेखि प्रतिस्पर्धी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठलाई नियुक्त गर्न नामै किटेर अनुरोध गरिएको छ । श्रेष्ठको नियुक्तिले ‘भारतको पनि हित हुने’ सुझाव पत्रमा दिइएको छ ।
उक्त पत्रका साथमा नेपालका विभिन्न पत्रपत्रिकामा महानिरीक्षक वन्तका विरुद्वमा विभिन्न समयमा प्रकाशित समाचार फोटोकपी गरेर नत्थी गरिएको छ । ती सामग्री चाखपूर्वक अभ्ययन गरेर श्रेष्ठलाई महानिरीक्षक बनाउन भूमिका खेल्न राष्ट्रपति मुखर्जीस“ग पत्रमा आग्रह गरिएको छ । यो पत्रलाई भारतको उच्च निकायले नोटिसमा लिएको कुरा पत्र लेखेको दुई दिनभित्रै पत्र दर्ता हुनुले देखाउने एक अधिकारीले बताए । तर, त्यतिबेला नै यसबारे आवश्यक कदम चाल्दा आसन्न संविधानसभा निर्वाचन नै प्रभावित हुने भएकाले भारतीय पक्ष मौन रहेको स्रोतको दाबी छ । अहिले निर्वाचन सम्पन्न भएपछि वन्तलाई हटाउन सक्रिय समूहले भारतीय दूतावासतिर सक्रियता बढाइसकेको बताइन्छ । सशस्त्रकै एआईजीको सक्रियतामा दूताबासका सुरक्षा र गुप्तचरी निकायका अधिकारीहरुका बीचमा पटक–पटक बैठक समेत भएको थाहा भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply