प्रदेश–१ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
३० पुस,मोरङ । प्रदेश–१ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । आज (शनिबार) भएको निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उपसभामुखमा निर्वाचित उदयपुर जिल्लाकी दनुवार समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । नवनिर्वाचित उपसभामुख दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुख बाहेक ९० सांसदले मतदान गरेका थिए ।
प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भइसकेका छन् । प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन् । मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply