४ माघ २०७९, बुधबार ०५:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कर्णालीको उपसभामुखमा इन्द्रा शाही र यशोदा न्यौपानेको उम्मेदवारी
४ माघ, सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।
न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्दैछिन् ।
यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एकजना सांसद छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply