काठमाडौं । शिवरात्रीका बेला थुप्रै भारतीय तीर्थयात्रुहरू पशुपतिनाथको दर्शन..
काठमाडौं । शिवरात्रीका बेला थुप्रै भारतीय तीर्थयात्रुहरू पशुपतिनाथको दर्शन गर्न आउने पुरानै चलन हो । तर, यसपालिको शिवरात्रीको पूर्वसन्ध्यामा भारतीय नेता, कूटनीतिज्ञ र कलाकर्मीहरूको लर्को लागेको छ । प्रधानमन्त्रीमा सुशील कोइराला निर्वाचित भएको दिनदेखि नै काठमाडौंमा यस्तो लर्को लाग्न थालेको छ । कोही व्यक्तिगत र कोहीचाहि“ विभिन्न कार्यक्रमको आवरणमा नेपाल आउने–जाने क्रम ह्वात्तै बढेको छ । कोइराला प्रधानमन्त्री भएको सातौं दिन भारतीय कंग्रेस (आई)का अन्तर्राष्ट्रिय विभाग प्रमुख डा.करण सिंहले कोइरालासित भेट गरे । गएको फागुन ४ गते कोइरालासितको भेटमा डा. सिंहले ‘स्थिर राजनीति र समृद्ध नेपाल भारतको चाहना’ रहेको बताएका थिए । डा. सिंह नेपाल आउनुको मूल कारण आफ्ना दुई किताबको विमोचन रहेको बताइए पनि कंग्रेसको प्रतिनिधिका रूपमा कोइरालालाई बधाई दिन आएको सहजै अनुमान लगाउन सकिन्छ । पूर्वराजा ज्ञानेन्द्रसित पारिवारिक सम्बन्धसमेत रहेका कस्मिरका पूर्वमहाराज डा. सिंहले यसपटक नेपाल आउ“दा सदाझैं पूर्वराजालाई पनि भेट्न छुटाएनन् । तर, पूर्वराजासितको भेटलाई भने गोप्य राखिएको थियो । ०६२÷६३ को जनआन्दोलनमा दरबार र आन्दोलनकारीहरूबीच सहमति गराउन प्रयत्न गर्ने डा. सिंह नेपालको हरेक राजनीतिक घटनाक्रम र परिवर्तनहरूमा अत्यधिक चासो राख्ने सीमित भारतीय नेताहरूको सूचीमा पर्दछन् । याक एन्ड यति होटलका मालिक राधेश्याम सर्राफकी नातिनीको वैवाहिक समारोहमा आएका उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले पनि प्रधानमन्त्री कोइरालासित भेट गरेका छन् । कोइरालासितको भेटमा यादवले नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध दीर्घकालसम्म प्रगाढ हु“दै जाने विश्वास व्यक्त गरेका थिए । उनीस“गै उत्तर प्रदेशका सि“चाइमन्त्री शिवपालसिंह यादवलगायत पनि आएका छन् । उक्त बिहेमा एक हजारजति भारतीय पाहुनाहरू आएका बताइन्छ । यसैबीच, भारतीय वाम बुद्धिजीवी तथा पत्रकार आनन्दस्वरूप बर्मा पनि केही दिनदेखि नेपालमै छन् । उनले नेपालका सीमित वामपन्थी व्यक्तिहरूसित भेटघाट गरेको बताइन्छ । यसबाहेक प्रकाशमा नआउने भित्री तहका भ्रमणहरु पनि भइरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply