काठमाडौं । एउटै विषयमा फरक–फरक व्यक्तिसग फरक–फरक कुरा गर्दा दुई…
दुई दिनअघि संसद्मा बोल्दा राष्ट्रपति परिवर्तनलाई आफ्नो ‘बटम लाइन’ बनाएका एमाले संसदीय दलका नेता केपी ओलीको माघ २७ गतेको भाषण भने पूरै बदलिएको थियो । सुशील कोइरालाको समर्थकका रूपमा रोष्टममा उभिदा ओलीले बोलू“ कि नबोलू“को मनोदशामा बोलेको सुन्दा सभासद्हरूलाई भित्रभित्रै के भएछ भन्ने त्यतिबेलै लागेको थियो । ११ बजेका लागि तय भएको प्रधानमन्त्री चयन सवा १२ बजे मात्रै सुरु हुनुका पछाडि पनि गृहकै विवादले काम गरेको रहेछ । एमालेका प्रमुख वार्ताकार गौतमले नै स एमालेका तर्फबाट गठित वार्ता टोलीका संयोजक वामदेव गौतमका अनुसार एमालेलाई गृह मन्त्रालय दिने सहमति महाराजगन्जस्थित सुशील कोइरालाको निवासमा उहा“को उपस्थितिमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले नेता केपी ओलीबीच भएको थियो । तर, कांग्रेस वार्ता टोलीका सदस्यद्वय रामशरण महत र दीपकुमार उपाध्यायले भने ‘आफूहरूबाट कुनै लचिलो कुरा नभएको र सहमति झनै नभएको’ कुरा सार्वजनिक गरिरहेका छन् । त्यसो भए एमालेले गृह मन्त्रालय पाउने आधिकारिक कुराकानी भएको थियो कि थिएन त ?
यसका साक्षी जम्मा तीन जना देखिएका छन्, जसमध्येका एक सुशील कोइरालाले कुनै सहमति नभएको सार्वजनिक गरिसक्नुभएको छ भने अर्का नेता केपी ओलीले सार्वजनिक रूपमा मुख खोल्नुभएको छैन । कांग्रेसभित्र दक्षिणतर्फका सबैभन्दा बढी विश्वासपात्रका रूपमा चिनिने सिटौलाले पनि सार्वजनिक रूपमा उक्त निर्णयका बारेमा खुलेर बोल्नुभएको छैन । उता, एमाले वार्ता टोलीका प्रमुख गौतमले पनि आफूस“ग सहमति भएको भन्न सक्नुभएको छैन । उहा“को भनाइ छ– ‘झलनाथ खनाल, केपी र म सुशील कोइरालाको घरमा गएका थियौं । वार्ता गर्दा कुरा मिलेन । म र झलनाथजी आ–आफ्नो गाडी चढेर घर फर्कियौं । केपी त्यही“ उभिनुभएको थियो । पछि राति एक बजे मलाई फोन गर्नुभयो । उहा“ले ‘कुरा मिल्यो कमरेड, हामीले गृह पायौं’ भन्नुभयो । त्यसरी सहमति भएको हो ।’
गौतमको जस्तै कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले पनि आफ्नो तहमा नभएर कोइराला र ओलीको तहमा कुराकानी भएको बताउनुभएको छ । उहा“को भनाइ छ– ‘महारागञ्जमा कुरा नमिलेर हामी फर्केपछि पूर्वतिरका हामी बस्छौं भनेर कृष्ण सिटौला र केपी ओलीहरू बस्नुभएको थियो । तर, के कुरा भएछ, मलाई थाहा भएन ।’ यसबाट पनि औपचारिकभन्दा पनि उच्चस्तरमा नेताहरूका बीचमा के कुरा भयो, यथार्थ सार्वजनिक हुन नसकेको देखिन्छ ।
कांग्रेसका वार्ताकारहरूका अनुसार कुनै पनि वार्तामा उनीहरूले एमालेलाई गृह मन्त्रालय दिने सहमति गरेका थिएनन् भने एमालेका वार्ताकारहरूले आफूहरूस“ग सहमति नै भएको दाबी गरिरहेका छन् । एमाले सचिव विष्णु पौडेलले त आवश्यक परे आफूहरूले प्रमाण नै सार्वजनिक गर्ने चुनौती दिइसक्नुभएको छ । तर, कतै लिखित नभएको र वार्तामा सहभागी अर्को पक्षले मौखिक सहमति पनि नभएको दाबी गरेपछि उक्त कुरा थप विवादित बनिरहेको छ ।
मतदानपूर्व नै गृहको लफडा
ार्वजनिक गरेको विवरणअनुसार मतदानअघि नै कांग्रेसका नेताहरूले गृह दिन नसकिने अडान एमालेसमक्ष राखिसकेका थिए । तर, सबै कुरा नटुंग्याएर कोइरालाको समर्थक बनेर ‘ट्र्याप’मा परिसकेको एमालेस“ग तत्काल अर्को कुनै विकल्प थिएन । आफैं समर्थक बसेको प्रस्तावको विपक्षमा मतदान गर्न नैतिक रूपमा पनि असम्भव थियो भने पक्षमा मतदान गर्दा पनि गृह नदिने सन्देश आइसकेको थियो । एमालेका एक नेता भन्छन्– ‘पार्टीलाई यस्तो अवस्थामा कसले पु¥यायो, त्यसका जिम्मेवारी लिनुपर्छ ।’
सरकार छोड्न मन छैन
एमाले नेताहरूले बाहिर जेसुकै भने पनि भित्री रूपमा सरकारमा नगई नछोड्ने तयारी गरेका छन् । यसका लागि विभिन्न च्यानलसेमत प्रयोग गर्दै वार्ता अघि बढिरहेको छ । खासगरी एउटै जिल्लाबासी केपी ओली र कृष्ण सिटौलाबीच यसबीचमा बढी कुराकानी भइरहेको छ । स्रोतका अनुसार, सबै कुरा मिलेर भोलिसम्म एमालेसहित मन्त्रिपरिषद् विस्तार गर्ने गरी घटनाक्रम अघि बढिरहेको छ । ओलीलाई सजिलो बनाइदिनका लागि गौतमलाई गृह दिलाउने कोसिस भइरहेको छ । एक जनाकार सं्रोतले भन्यो– ‘त्यसो भएमा विहिबारसम्म एमाले सरकारमा जानेछ ।’ तर, एमालेका नेताहरूले भने यसमा थप कुराकानी नभएको बताएका छन् । ‘थप कुरा भएको छैन’– सचिव विष्णु पौडेलले भन्नुभयो–‘र, सरकारकै विषयमा हामी कुरा पनि गर्दैनौं ।’
दुई दिनअघि संसद्मा बोल्दा राष्ट्रपति परिवर्तनलाई आफ्नो ‘बटम लाइन’ बनाएका एमाले संसदीय दलका नेता केपी ओलीको माघ २७ गतेको भाषण भने पूरै बदलिएको थियो । सुशील कोइरालाको समर्थकका रूपमा रोष्टममा उभि“दा ओलीले बोलू“ कि नबोलू“को मनोदशामा बोलेको सुन्दा सभासद्हरूलाई भित्रभित्रै के भएछ भन्ने त्यतिबेलै लागेको थियो । ११ बजेका लागि तय भएको प्रधानमन्त्री चयन सवा १२ बजे मात्रै सुरु हुनुका पछाडि पनि गृहकै विवादले काम गरेको रहेछ । एमालेका प्रमुख वार्ताकार गौतमले नै स एमालेका तर्फबाट गठित वार्ता टोलीका संयोजक वामदेव गौतमका अनुसार एमालेलाई गृह मन्त्रालय दिने सहमति महाराजगन्जस्थित सुशील कोइरालाको निवासमा उहा“को उपस्थितिमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले नेता केपी ओलीबीच भएको थियो । तर, कांग्रेस वार्ता टोलीका सदस्यद्वय रामशरण महत र दीपकुमार उपाध्यायले भने ‘आफूहरूबाट कुनै लचिलो कुरा नभएको र सहमति झनै नभएको’ कुरा सार्वजनिक गरिरहेका छन् । त्यसो भए एमालेले गृह मन्त्रालय पाउने आधिकारिक कुराकानी भएको थियो कि थिएन त ?
यसका साक्षी जम्मा तीन जना देखिएका छन्, जसमध्येका एक सुशील कोइरालाले कुनै सहमति नभएको सार्वजनिक गरिसक्नुभएको छ भने अर्का नेता केपी ओलीले सार्वजनिक रूपमा मुख खोल्नुभएको छैन । कांग्रेसभित्र दक्षिणतर्फका सबैभन्दा बढी विश्वासपात्रका रूपमा चिनिने सिटौलाले पनि सार्वजनिक रूपमा उक्त निर्णयका बारेमा खुलेर बोल्नुभएको छैन । उता, एमाले वार्ता टोलीका प्रमुख गौतमले पनि आफूस“ग सहमति भएको भन्न सक्नुभएको छैन । उहा“को भनाइ छ– ‘झलनाथ खनाल, केपी र म सुशील कोइरालाको घरमा गएका थियौं । वार्ता गर्दा कुरा मिलेन । म र झलनाथजी आ–आफ्नो गाडी चढेर घर फर्कियौं । केपी त्यही“ उभिनुभएको थियो । पछि राति एक बजे मलाई फोन गर्नुभयो । उहा“ले ‘कुरा मिल्यो कमरेड, हामीले गृह पायौं’ भन्नुभयो । त्यसरी सहमति भएको हो ।’
गौतमको जस्तै कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले पनि आफ्नो तहमा नभएर कोइराला र ओलीको तहमा कुराकानी भएको बताउनुभएको छ । उहा“को भनाइ छ– ‘महारागञ्जमा कुरा नमिलेर हामी फर्केपछि पूर्वतिरका हामी बस्छौं भनेर कृष्ण सिटौला र केपी ओलीहरू बस्नुभएको थियो । तर, के कुरा भएछ, मलाई थाहा भएन ।’ यसबाट पनि औपचारिकभन्दा पनि उच्चस्तरमा नेताहरूका बीचमा के कुरा भयो, यथार्थ सार्वजनिक हुन नसकेको देखिन्छ ।
कांग्रेसका वार्ताकारहरूका अनुसार कुनै पनि वार्तामा उनीहरूले एमालेलाई गृह मन्त्रालय दिने सहमति गरेका थिएनन् भने एमालेका वार्ताकारहरूले आफूहरूस“ग सहमति नै भएको दाबी गरिरहेका छन् । एमाले सचिव विष्णु पौडेलले त आवश्यक परे आफूहरूले प्रमाण नै सार्वजनिक गर्ने चुनौती दिइसक्नुभएको छ । तर, कतै लिखित नभएको र वार्तामा सहभागी अर्को पक्षले मौखिक सहमति पनि नभएको दाबी गरेपछि उक्त कुरा थप विवादित बनिरहेको छ ।
मतदानपूर्व नै गृहको लफडा
ार्वजनिक गरेको विवरणअनुसार मतदानअघि नै कांग्रेसका नेताहरूले गृह दिन नसकिने अडान एमालेसमक्ष राखिसकेका थिए । तर, सबै कुरा नटुंग्याएर कोइरालाको समर्थक बनेर ‘ट्र्याप’मा परिसकेको एमालेस“ग तत्काल अर्को कुनै विकल्प थिएन । आफैं समर्थक बसेको प्रस्तावको विपक्षमा मतदान गर्न नैतिक रूपमा पनि असम्भव थियो भने पक्षमा मतदान गर्दा पनि गृह नदिने सन्देश आइसकेको थियो । एमालेका एक नेता भन्छन्– ‘पार्टीलाई यस्तो अवस्थामा कसले पु¥यायो, त्यसका जिम्मेवारी लिनुपर्छ ।’
सरकार छोड्न मन छैन
एमाले नेताहरूले बाहिर जेसुकै भने पनि भित्री रूपमा सरकारमा नगई नछोड्ने तयारी गरेका छन् । यसका लागि विभिन्न च्यानलसेमत प्रयोग गर्दै वार्ता अघि बढिरहेको छ । खासगरी एउटै जिल्लाबासी केपी ओली र कृष्ण सिटौलाबीच यसबीचमा बढी कुराकानी भइरहेको छ । स्रोतका अनुसार, सबै कुरा मिलेर भोलिसम्म एमालेसहित मन्त्रिपरिषद् विस्तार गर्ने गरी घटनाक्रम अघि बढिरहेको छ । ओलीलाई सजिलो बनाइदिनका लागि गौतमलाई गृह दिलाउने कोसिस भइरहेको छ । एक जनाकार सं्रोतले भन्यो– ‘त्यसो भएमा विहिबारसम्म एमाले सरकारमा जानेछ ।’ तर, एमालेका नेताहरूले भने यसमा थप कुराकानी नभएको बताएका छन् । ‘थप कुरा भएको छैन’– सचिव विष्णु पौडेलले भन्नुभयो–‘र, सरकारकै विषयमा हामी कुरा पनि गर्दैनौं ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply