बस्नेत गर्जदा वरिष्ठहरु मौन
काठमाडौँ । नेकपा (एमाले)का नेता केपी ओली बिरामी भएर नयाँदिल्लीमा उपचार गराइरहँदा पनि यहाँ ‘उहाँलाई स्ट्ेरचरमा राखेर भए पनि अध्यक्ष बनाइन्छ’ भन्दै उत्तेजित भाषण गर्दै हिँड्ने युवा संघका अध्यक्ष महेश बस्नेत जिला–जिल्लाबाट छानिएर आएका प्रतिनिधिमा आफ्नो पक्षको संख्या कम भएपछि पार्टीका आफ्नै समूहका नेतामाथि खनिन थालेका छन् । राजनीतिक रूपमा आफूभन्दा निकै जुनियर बस्नेतले त्यसरी थर्काउँदा पनि निरीह भएर बसेको प्रत्यक्ष देखेका एक फोटो पत्रकार भने त्यो दृश्य देखेर आश्चर्यचकित भएका थिए ।
घटना नवौँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी केपी ओलीले खडा गरेको सचिवालय नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा भएको हो । कार्यालयमा नेताहरू थममाया थापा, पृथ्बीसुब्बा गुरुङ, भाननुभक्त ढकाल, प्रेम दंगाल, ओलीको सचिवालयका संयोजक राजन भट्टराई, पूर्वविद्यार्थी नेता रूपनारायण श्रेष्ठलगायतका नेताहरू गफिएर बसिरहेका थिए । जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको हावादारी नाममा मजा लिएर बसिरहेका नेतालाई बस्नेतले हप्काउँदै भने– ‘पूर्वमा सबै सिद्धियो, बुुटबल खाइसके, हामी फिल्डमा बसेर काम गर्ने, तिमीहरू यहाँ बसेर चाकडी बजाउने ?’
त्यसपछि त्यहीँ बसेका अर्का कल्याण रोक्काले कसैलाई फोन गरेर सोधे– ‘के रौतहटका २६ नै हो उनीहरूलाई ?’ उताबाट ‘२६ नै हो’ भनेपछि उनले फेरि सोधे– ‘कञ्चनपुरमा पनि उनीहरूको १९ नै हो ?’ उताबाट फेरि ‘हो’ भन्ने जवाफ आएपछि रिसले फोन राखिदिएको स्रोतले बतायो । बस्नेतसँगै सचिवालय संयोजक भट्टराई पनि नेताहरूसँग रिसाएका थिए ।
त्यसपछि भट्टराईले ‘भक्तपुरमा चाहिँ के हुन्छ नि कमरेड ?’ भन्दै बस्नेतलाई सोधेका थिए । रिसले चूर भएका बस्नेतले भने– ‘चुनाव भयो भने उनीहरूले ७ सिट जित्छन्, यस्तै ताल हो भने १३ वटै लैजान बेर छैन ।’ बस्नेतले यस्तै हो भने चुनाव जितिँदैन भन्दै अब डाङडुङ गरेर जानुपर्ने बताएका थिए ।
यो गलफती चल्नुअघि पेसागत र बुद्घिजीवीसँगको भेला पनि त्यहीँ गरिएको थियो । भेलालाई नेता ओलीले सम्बोधन गरेका थिए । उनले अहिलेसम्म आएको नतिजाबाट नआत्तिन आग्रह गर्दै अब प्राविधिक पक्षमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएको पनि भेलामा सहभागी एक नेताले बताए ।
स्रोतका अनुुसार उक्त समूहको त्यही दिन तीनपटक समीक्षा बैठक बसेको थियो । तर, जतिपटक समीक्षा गर्दा पनि नेपाल समूह १ सयदेखि १ सय २१ प्रतिनिधि संख्याले अगाडि देखिएपछि फेरि नयाँ रणनीति अपनाउन अर्को बैठक बसेको थाहा भएको छ । त्यही बैठकले सञ्चारमाध्यममार्फत जति सक्दो गोयबल्स शैलीमा प्रचारबाजी गर्ने र बाँकी रहेको प्रतिनिधि चयनलाई प्रभावित गर्ने निर्णय लिएको स्रोतले बतायो । त्यसका लागि केन्द्रमा जति प्रयत्न गर्दा पनि विफल भएपछि प्रेस चौतारीको मूल नेतृत्वलाई प्रयोग गरेर जिल्ला प्रतिनिधिलाई आफ्नो पक्षमा प्रभावित गरिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply