माओवादीको निणर्यमा यस्तोसम्म त्रुटी – हरिबोलको ठेगाना रुकुम, एमाले नेता को नाम केन्द्रिय कमिटीमा
२६ माघ, काठमाडौं । हरिबोल गजुरेल नेकपा माअोवादी केन्द्रका उपमहासचिव हुन् । ६ जना उपमहासचिवमध्ये वरियताक्रममा उनको नाम गिरिराजमणि पोखरेल र वर्षमान पुन पछि तेस्रो स्थानमा छ ।
हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका गजुरेल सिन्धुली जिल्लाबाट दोेश्रो संविधानसभा र ०७४ को आम निर्वाचन गरि दुइ पटक निर्वाचित भए । यस पटकको निर्वाचनमा पनि उम्मेदवारका लागि सिफारिस भए पनि राजन दाहालको घेरावन्दी तोड्न नसक्दा टिकट पाउनबाटै बन्चित भए । पार्टीले टिकट नदिएपछि नेतृत्वसँग असन्तुष्ट बनेका उनलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री सो सरहको सेवा सुविधा पाउने गरि प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति दिएका छन् ।
राजनीतिप्रति सामान्य चासो राख्ने जो कोहीलाई पनि थाहा छ, उनको जिल्ला सिन्धुली हो । तर, माओवादीको लिखित डकुमेन्टमा भने उनको गृह जिल्ला रुकुम उल्लेख छ । नेकपा (माओवादी केन्द्र)को यहि माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीलाई पूणर्ता दिएको थियो । सो बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति बनाएको निणर्यको प्रति तलका कमिटीसम्म सर्कुलर गरिसकेको छ
पार्टी निणर्यको त्यो प्रतिमा पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यका सबैको नाम र ठेगाना उल्लेख छ । जसमा उपमहासचिव सिन्धुलीका गजुलेलको ठेगाना रुकुम उल्लेख गरिएको छ ।
त्यस्तै, निर्वाचन अघि नै नेकपा एमालेमा प्रवेश गरेका यमबहादुर परियार (इन्द्रजीत) को नाम पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य उल्लेख छ ।
तत्कालीन माओवादीको चितवन जिल्ला सह इन्चार्ज रहेका उनी साबिकको नेकपा हुँदा जिल्ला अध्यक्ष भएका थिए । एमाले माओवादीको एकतापछि माओवादीको भागमा परेको चितवनमा उनी अध्यक्ष भएका थिए । पार्टीको एकता बदर भएपछि परियार माओवादीमा फर्किएका थिए । तर चुनावको मुखैमा उनी एमालेका गएका थिए । गजुरेलको ठेगाना र परियारको नाम त्यहाँ पर्नुमा प्राविधिक त्रुटी भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply