१ फाल्गुन २०७९, सोमबार ०७:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु
१ फागुन, सिन्धुली । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको ज्यान गएको छ ।
वडा नम्बर ७ महेश्वता क्याम्पस चोक नजिक लोकमार्गमा भएको दुर्घटनामा परी वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल लोकमार्गको बायाँ किनारमा रोकिरहेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सख्त घाइते भएका माझी दाजुभाइको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए । रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकलले पार्किङमा राखेको ट्याक्टर नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको आकलन छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply