सांसद अरुण चौधरीलाई अदालतमा उपस्थित गराइयो
३ फागुन, धनगढी । १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर भएर कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई अदालतमा उपस्थित गराइएको छ ।
उच्च अदालत दिपायलमा चौधरीले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा बयान दिन चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको हो ।
जिल्ला अदालतबाट चौधरीले भचुअल विधिबाट उच्च अदालत दिपायलमा बयान दिने श्रेस्तेदार रइभान कुन्जेडाले जानकारी दिए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो ।
उनले आफूलाई रिहाइको माग गर्दै २२ माघमा उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतले २९ माघमा पेशी तोक्दै दुवै पक्षलाई बोलाइएको थियो । त्यो दिन उच्च अदालतका न्यायाधिश देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीलाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply