नुवाकोट बस दुर्घटना : तीन जनाको मृत्यु , २० जना घाइते
४ फागुन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ चैनपुरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–३ का ७३ वर्षीय बाबुराम दर्जी र तारकेश्वर गाउँपालिका घर भई विदुर नगरपालिका–६ मा बस्ने ६ वर्षीय रामप्रसाद अर्याल रहेका छन् ।
बट्टार स्थित हावाघरबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ४५ नम्बरको बस अपराह्न ४ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र १ जनाको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
अस्पतालमा मृत्यु हुने महिलाको नाम खुल्न बाँकी छ । दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको समेत प्रवक्ता खड्काले बताए । दुर्घटना हुनुको कारण खुलेको छैन । बस सडकबाट करिव ५० मिटर तल खसेको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply