उत्कृष्ट : वामदेव, यथास्थितिवादी : केपी
काठमाडांै । संसदीय दलको नेता चयनदेखि लिएर पार्टीको नवौं महाधिवेशनको सन्दर्भमा एउटै कित्तामा उभिएका एमाले संसदीय दलका नेता केपी ओली र उपप्रधानमन्त्री वामदेव गौतम सरकारको गतिविधि र कामको समीक्षा गर्ने सिलसिलामा भने फरक–फरक कित्तामा उभिएका छन् । गत आइतबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नेता ओलीले यथास्थितिवादी र परम्परागत भनेका छन् भने गौतमले अहिलेसम्मकै उत्कृष्ट भनेका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकमा दुई नेताबीच दोहोरी नै चल्यो । बैठकमा सभासद्हरूले सरकारको नीति तथा कार्यक्रम राम्रो नभएको, एक पक्षीय भएको, सरकारमा पार्टीको समान उपस्थिति नभएको भन्दै सुरुमै हंगामा मच्चाएका थिए । तर, हो हल्ला शान्त पार्दै बैठक सञ्चालक राजेन्द्र पाण्डेले पार्टीको तर्फबाट योजना आयोगको सदस्य बनाइएका डा. गोविन्द नेपाललाई बोल्न समय दिएका थिए । उनले बोलिसकेपछि सुरुमै गौतम निकट मानिने सभासद् रवीन्द्र अधिकारीले गौतमलाई इंगित गर्दै भने– ‘नीति तथा कार्यक्रम राम्रो आएन्, यसमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नेहरूकै दोष छ, उनीहरूले तलका सँग कुनै सल्लाह नै गर्नुभएन, आफैंलाई मात्र जान्ने सम्झनुभयो ।’ अरू सभासद्ले पनि हो मा हो मिलाएपछि गौतमले सभासद्को जिज्ञासा मेटाउने प्रयास गरेका थिए । उनले सुरुमै सभासद्ले यसरी नीति तथा कार्यक्रमको विरोध गर्नुको कारण दलको नेता केपी ओली नै भएको बताएका थिए । गौतमको भनाइ थियो– ‘उहाँले हिजै यसको विरोध गरिदिनुभयो त्यसैले आज सभासद्ले पनि विरोध गरेका हुन् ।’ ०५१ सालमा एमालेले नीनि तथा कार्यक्रम ल्याउन नपाई बजेट मात्र ल्याएको र त्यसबाहेक यो नै सबैभन्दा उत्कृष्ट र अग्रगामी बजेट भएको गौतमले बताएका थिए । उनको भनाइ थियो– ‘यो कार्यक्रममा एमाले भन्ने शब्द मात्र नपरेको हो कार्यक्रम ७५ प्रतिशत एमालेकै छन् ।’ उनी पछि बोलेका दलका नेता ओलीले तुरुन्तै गौतमको भनाइको खण्डन गरेका थिए । ओलीले भने– ‘यो कार्यक्रम परम्परागत र यथास्थितिवादी छ, यसमा केही राजनीतिक अभिभारा उल्लेख छैन, खाली गीत मात्र लेखेर राम्रो हुँदैन ।’
दलका नेता ओलीको अध्यक्षतामा बसेको यो दोसो बैठक हो । पहिलो बैठक दल नेतामा निर्वाचित हुनासाथ बसेको थियो । त्यो बैठकमा नेता ओलीले सभासद्हरूलाई अंग्रेजी फरर बोल्न सक्ने बनाउने र कम्प्युटर चलाउन निपूर्ण बनाउने गफ दिएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply