संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान : सभामुख घिमिरे
९ फागुन, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताएका छन् ।
शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष (ग्याल्पो ल्होसार)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सो कुरा व्यक्त गरेका हुन् ।
‘संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ’, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा भनिएको छ ।
ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने उनको कामना छ ।
सभामुख घिमिरेले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको बताए । नेपाली बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक रूपमा रहेका र विविधतायुक्त हाम्रो समाज नेपालको संविधानमा देखिएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply