काठमाडौँसहित देशका पहाडी भेगमा वर्षाको सम्भावना

२४ फागुन, काठमाडौँ ।आज काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशभरकै पहाडी भेगमा वर्षाको सम्भावना देखिएकाले कुन ठाउँमा पानी पर्छ भनेर ठ्याक्कै तोक्न नसकिने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।
‘अहिले पहाडमा सबैतिर बादल छ, त्यसैले पहाडी क्षेत्रका जुनसुकै स्थानमा पानी पर्न सक्छ, अलि बढी सम्भावना गण्डकी प्रदेशमा देखिएको छ’, उनले भने, ‘ठ्याक्कै भन्न सकिँदैन, काठमाडौँकै हकमा पनि आज पानी पर्ने सम्भावना त छ, तर जिल्लाभरि पर्दैन।
अहिलेको प्रणालीले खण्डखण्डमा पानी पार्ने भएकाले स्थान किटान गर्न गाह्रो हुने उनले बताए। यसैले पहाडी क्षेत्रका थोरै स्थानमा पानी पर्ने भनेर लेखिएको उनको भनाइ छ।
महाशाखाका अनुसार आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply