उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई सघाउने कांग्रेसको निर्णय
१ चैत, काठमाडौं । नेपाली काँग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । बैठकले जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति सदस्य यादवलाई समर्थन गर्दै पार्टीका सांसदहरुलाई उनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर– २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply