राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजपीडितले गरे नाराबाजी
![राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजपीडितले गरे नाराबाजी राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजपीडितले गरे नाराबाजी](https://ebudhabar.com/wp-content/uploads/2023/03/gyanendra-1024x683.jpg)
१४ चैत, काठमाडौं । मिटर ब्याजीपीडित आज बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् । अहिले उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही उनीहरूका मागमा समर्थन जनाउन माइतीघर पुगे । उनले पार्टीका तर्फबाट उनीहरूका मागमा ऐक्यबद्धता जनाए । तर, मिटर ब्याजीपीडितले उल्टै उनीविरुद्ध नारा लगाएका छन् । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । आफूहरूका समस्यालाई राजनीतिकरण नगर्न उनीहरूले शाहीलाई आग्रह समेत गरेका छन् ।
११ दिन पैदल हिँडेर सोमबार उनीहरू काठमाडौं आइपुगेका थिए । पीडितले सोमबार खुलामञ्च अगाडि प्रदर्शन गरेका थिए । आज बिहानैदेखि पुनः विरोध सुरु गरेका हुन् । उनीहरूले ‘मिटर ब्याजीलाई कारबाही गर’ मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’ तमसुक व्यवस्था खारेज गरलगायत प्लेकार्ड प्रदर्शन गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply