सरकारसँग ५ बुँदे सहमति, मिटर ब्याजपीडितको आन्दोलन फिर्ता

१८ चैत, काठमाडौँ । मिटरब्याज पीडितहको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् ।
सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, उपसचिव जंगबहादुर डाँगी, उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक दिनेराज मैनाली र उपसचिव दिलकुमार तामाङले हस्ताक्षर गरेका छन् ।
यस्तै, पीडितको तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवान तथा सदस्यहरु श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदिलाल पासवानले हस्ताक्षर गरेका छन् । सरकारले समस्याको समाधान नगरेको भन्दै महोत्तरीबाट १२ दिन हिँडेर गएको आइतवार काठमाडौँ आएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply