प्रधानमन्त्री प्रचण्ड पूर्णरुपले असफल : योगेश भट्टराई
२५ चैत,ताप्लेजुङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले संसदीय शक्तिको उच्च प्रतिस्पर्धामा रहेका मुख्य दल एमाले र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल ताप्लेजुङले आज (शनिबार) फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले संसदीय प्रतिस्पर्धामा सफल राजनीतिक दलहरुले सरकारको नेतृत्व गरे अन्तर्राष्ट्रिय क्षेत्रको समेत विश्वास जित्न सकिने जिकिर गरे । ‘पूर्णतया सफल त कोहि पनि छैन । तर संसदीय प्रतिस्पर्धामा कि कांग्रेस सफल हो, कि एमाले, उनले भने । अर्थतन्त्रको अहिलेको अवस्थाको सुधारका लागि पनि संसदीय व्यवस्थाका सफल दलहरुको नेतृत्वमा सरकार बन्नुपर्ने उनले जिकिर गरे ।
उनले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् । माओवादी केन्द्रलाई संसदीय व्यवस्थामा कसैको सहराबेगर आफ्नो राजनीतिक अस्तित्व जोगाउन नसक्ने शक्तिको संज्ञा दिँदै भट्टराईले माओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप लगाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, अलोकतान्त्रिक र संसदीय मूल्य–मान्यताविरुद्ध लागेको आरोप लगाउँदै उनले भने, दुई महिनामै पार्टनर फेर्ने प्रधानमन्त्रीजीलाई अब कर्मचारी, प्रहरी, सेना र अन्य अन्तर्राष्ट्रिय शक्तिले टेर्न र पत्याउन छाडेका छन् ।
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply