गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज
१५ वैशाख, काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज (शुक्रबार) शपथ खाँदै छन्।
बिहीबार लुम्बिनीमा नियुक्त मुख्यमन्त्री डिल्ली चौधरी र गण्डकीमा नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ खाने भएका हुन्।
सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार (१४ वैशाख) एकैदिन दुईवटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो। लगभग साढे ३ महिना एमाले नेतृत्वमा रहेकाको प्रदेश सरकार ढाल्दै कांग्रेसले गण्डकी र लुम्बिनीमा मुख्यमन्त्री पद आफ्नो पोल्टामा पारेको हो।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री भण्डारीले दिउँसो साढे १२ बजे शपथ खाने कार्यक्रम छ।
लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply