नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
२४ वैशाख, काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।
महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
कांग्रेसबाट आज शपथ लिएका मन्त्री आचार्य शेखर-गगन समूहका हुन् । अब जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त छ ।
सुरेन्द्रराज आचार्य कपिलवस्तुमा लामो समय नेपाली कांग्रेसको विभिन्न तहमा बसेर काम गरेका अनुभवी नेता हुन् । जिल्लाको पार्टी नेतृत्व सम्हालेका आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन् । २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई उनी तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए ।
दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य ०७४ मा कपिलवस्तु क्षेत्र नं २ बाट पराजित भएका थिए । ०७९ मंसिर ४ को निर्वाचनमा सत्तारुढ ५ दलको गठबन्धनको समर्थनमा उम्मेदार बनेका आचार्यले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई ३१७ मतले हराएर विजयी भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply