२६ बैशाख २०८०, मंगलवार ०५:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दार्चुलामा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
२६ वैशाख, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सोमबार बेलुका साढे ६ बजेतिर सोही चट्याङमा परेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेलुकातिर खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उक्त चट्याङमा सँगै काम गरिरहेका एकै घरका तीन जना घाइते भएका थिए । घाइते अवस्थामा गोकुलेश्वर अस्पतालमा पुर्याएपछि घाइते भएका १५ वर्षीय नरेश खत्रीलाई डाक्टरले मृत्त घोषणा गरेको उनले बताए ।
शैल्यशिखर नगरपालिका–३ दार्माका मृतक खत्रीसँगै खेतमा काम गरिरहेका उनकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री समान्य घाइते भएका छन् । उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply