परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै
२९ वैशाख, काठमाडौँ । छैटौं इण्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज (शुक्रबार) बंगलादेश जाँदैछन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र स्वदेश फर्केका परराष्ट्र मन्त्री साउद आज बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।
हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद आज बिहान ११ बजे ढाका प्रस्थान गर्ने उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिएका छन् ।
भारतीय विदेश मन्त्रालय, इण्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्ने छ । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि जोशीले जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply