५ जेष्ठ २०८०, शुक्रबार ०५:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दाङमा दुई बस ठोक्किँदा एकजनाको मृत्यु, ११ यात्रु घाइते
५ जेठ, दाङ । दाङको फल्कापुरमा दुई वटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । पूर्ब–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका–३ फल्कापुर भन्ने स्थानमा दुई बस ठोक्किएका हुन् ।
लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र बीरगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किंदा रोल्पा रुन्टिगढी–७ कि शोभा परियारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । उनी बीरगञ्जबाट तुलसीपुर आउँदै गरेको बसमा सवार थिइन् ।
दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्जतर्फ रिफर गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply